आज म बिशेष गरि म रहेको स्थान खैरहनी ४ चैनपुर को बारे मा केही बिस्तृत वर्णन गर्न चाहन्छु ।मेरो निरन्तर तीन बर्ष देखि को बसाइ को क्रम मा मेरो अध्यन बाट पाएका देखेका भोगेका कुराहरु यो लेख मार्फत प्रस्तुत गर्न लागिरहेको छु यहाँ को भगौलिक ,राजनैतिक ,सामाजिक,उधोग ब्याबसाय सबै कोण बाट हेर्दा यहाँ को भौगोलिक अबस्था कंकालि सामुदायिक बन त्यसैको काख मा रहेको समतल भुभाग कृषि योग्य उर्बर भुमी रहेको छ सिंचाइ को सुबिधा भएको यस क्षेत्रमा परम्परागत निर्बाहमुखी कृषि मा आश्रित अधिकांश स्थानीयबासि जनता जमिन भाडा मा दिने तर आफू कृषि नगर्ने बर्ग मा पर्छ्न केही बर्ष अगाडि यहाँ ९०% जमिन केरा खेती ले ओगटेको थियो।हाल यो खेती बिस्थापित भएको अबस्था छ ।

कृषि मा नया प्रबिधी को बिकास मा जनचासो शून्य अबस्थामा छ।केही उधोगधन्दा खुलेकाछन तर अन्य जिल्लाबाट आएर खोलेको पाइन्छ मौरिपालन यहाँ को मुख्य ब्याबसाय को रुपमा छ तर त्यो पनि ब्यबस्थित छैन।बेमौसम मा चिनी को बिकल्प का उपायहरु सोच्ने हैसियत कसैले राखेको पाइन्न अत्यधिक बिषादी प्रयोग का कारण यो ब्याबसाय बाट खासै उपलब्धि नभएको अबस्था छ।यहा को युवा हरु को राजनिती अन्धभक्त भएर राजनिती गर्ने राजनिती को वास्तविक परिभाषा नबुझेका लहड को भर मा राजनिती गर्नेको भिड बडि देखिन्छ।सामाजिक परिबेष दयनिय छ समाज का बुद्दिजिबी भन्नेहरुनै समाजरुपान्तरण को पक्ष मा देखिदैन मै खाउ मै लाउ सुख सयल मोज म गरु भन्ने खालको देखिन्छ ।आध्यात्मिक चिन्तन शून्य छ नकारात्मक सोच ले जरा गाडेको छ। ब्यक्तिबादि चिन्तन हाबी भएको समाज कल्याण हेतु कोहि देखिन्न बाहिरी रुपमा केही त्यस्तो देखियपनी भित्री रुपमा सबै आफ्नै दुनो सोझ्याउने धेरै छन ।

गाउका बुडापाका फुर्सद को समय नया युवा पुस्ता लाई रचनात्मक कार्य जागरण गर्नुपर्ने मा आफै दुइचार जना बटुलेर तास खेलेर समय बर्बाद पार्ने धेरैछन।जल,जमिन,जङ्गल,जडिबुटी र जनशक्ती को सहि परिचालन गरि यो क्षेत्रमा एउटा नमुना वडाको रुप मा परिणत गर्न सक्ने थुप्रै सम्भावना हरु देखेको छु। तर यहाँ का जनता लाइ यस्तो कुरा सुन्ने फुर्सद पो कहाँ छ र।हाइ कमिसन वाला राजनितिक गफ बिहान चोक को चियापसल मा हुन्छ ।त्यो गफ चिया सुर्की सङ्ग नै सकिन्छ।यो बिडम्बना बोकेको प्राकृतिक सुन्दरता भित्र को कुरुप चैनपुर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार