टी २० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारत १० विकेटले पराजित भएको छ । आइतबार राति युएइको दुबइमा भएको खेलमा पाकिस्तान भारतले पाकिस्तानलाई जितको लागि १५२ रनको लक्ष्य दिएकोमा पाकिस्तानले १७ दशमलब ५ ओभरमा विना विकेटको क्षतीमा सो लक्ष्य पुरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिज्वानले अभिजित ७८ र बाबर अजमले अभिजित ६८ रनको योजदान गर्दै टिमलाई सहज जित दिलाए ।

बलिङ तर्फ़ पाकिस्तानका सा अफ्रिदि एक्लैले ३ विकेट लिए भने हसन अहिले २ र सादाब खान र हरिष रौफले समान १ १ विकेट लिए ।

भारतका लागि विराट कोहलीले ५७ र रिषब पन्तले ३९ रनको योगदान गरे पनि त्यो जितको लागि पर्याप्त भएन ।

भारतका कुनै पनि बलरले विकेट लिन सकेनन् । पाकिस्तानले भारतलाई क्रिकेट विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर