न्यू क्यापिटल कलेजको रजत महोत्सव: रजत स्तम्भ र प्रतीक्षालय निर्माण गरिने
रत्ननगर, साउन ५ । पूर्वी चितवनको रत्ननगर वडा नं. ४ मा अवस्थित न्यू क्यापिटल कलेजले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ। कलेजले सोमबार पत्रकार सम्मेलन आयोजना गरी वर्षभरि २२ वटा शीर्षकमा विविध कार्यक्रम सञ्चालन गरी रजत महोत्सव मनाउने जानकारी दिएको छ। वि.सं. २०५७ मा १७ जना शिक्षक र ८१ जना विद्यार्थीबाट सुरु भएको यो कलेज हाल ५५ जना शिक्षक, १५ जना कर्मचारी र १,०२३ जना विद्यार्थीको शैक्षिक केन्द्र बनेको छ। व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले ‘कमाउँदै पढ्दै’ भन्ने नारालाई आत्मसात् गरेको छ। जीवन उपयोगी शिक्षामा जोड दिँदै आएको कलेजले विद्यार्थीहरूलाई रोजगारीका…