Breaking

पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी । सिर्जनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो…
Read More
न्यू क्यापिटल कलेजमा नेक्सस १.०, विद्यार्थीमा क्षमता विस्तार

न्यू क्यापिटल कलेजमा नेक्सस १.०, विद्यार्थीमा क्षमता विस्तार

२ पौष, रत्ननगर । रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले ३ दिने नेक्सस १.० कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला भरिका सम्पूर्ण विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुलाई सहभागी गराईएको उक्त कार्यक्रम अन्तर्गत रोबो रेस, रोबो व्याटल, जिल्ला स्तरिय साईन्स एक्जिभिसन कम्पिटिसन, ह्याकासन, फुड फेस्टिबल लगायत विद्यार्थीलाई व्यवशाय कसरी सुरुवात गर्ने, लगानीको पाटो र नाफाको पाटो सम्बन्धी जानकारी व्यवहारीक रुपमा प्रदान गरिएको थियो । कलेजले यो बर्षको सुरुवात देखि नै रजत बर्ष विशेष वार्षिक कार्यक्रम तय गरेको थियो । सोहि अनुरुप नेक्सस १.० कार्यक्रम आयोजना गरिएको संयोजक तारा ढुंगानाले जानकारी दिए । कार्यक्रममा उत्कृष्ठहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाण-पत्र, ट्रफी तथा नगद…
Read More
उदय मानन्धरको “उदाश” सार्वजनिक

उदय मानन्धरको “उदाश” सार्वजनिक

२६ मंसिर, रत्ननगर । चितवनमा रहेर विगत ३ दशक देखि सांगीतिक क्षेत्रमा योगदान प्रदान गरिरहेका गायक तथा संगीतकार उदय मानन्धरको नया सांगीतिक कोशेली "उदाश" सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा रामु आचार्य, प्रिया अधिकारी, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् । अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त…
Read More
गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

चितवन – गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना भएको छ । गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस गोरखा बाह्रकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बस रोकेर चालक अन्यत्र गएको बेला दुर्घटना भएको हो । बस १० मिटर तल खसी पल्टेको थियो । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

२० कार्तिक, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ४, मेलमिलाप टोल, चैनपुर बस्ने ४१ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि दुवै मृगौलाको समस्या भएपछि उपचाररत छन्। आफूसँग भएको पैसाले दुई वर्ष डाइलासिस गर्न सकेपनि त्यसपछि निरन्तर तीन वर्ष हप्तामा तीन पटक सरसापटमा डाइलासिस गर्नुपरेको उनी बताउँछन्। रामेश्वरसँग दुई सानै छोराछोरी छन् , छोरी कक्षा १ र एक छोरा कक्षा ४ मा अध्ययनरत भएकोले परिवारको भविष्यसँगै आफ्नो जीवन बचाउन उनले आर्थिक सहयोगको अपिल गरेका छन्। पाँच वर्षदेखि मृगौला पिडित भएर उपचार गरिरहे पनि स्थानीय निकायले बेवास्ता गरेको, कागजपत्रका लागि नगरपालिकाको कार्यालय गएका बेला स्थानिय प्रमुखसँग माग राख्दा सरकार प्रमुखले बेवास्ता गरेको…
Read More
राष्ट्रपति पौडेल दम्पतीद्वारा गुह्येश्वरीमा छठी माताको पूजा–आराधना

राष्ट्रपति पौडेल दम्पतीद्वारा गुह्येश्वरीमा छठी माताको पूजा–आराधना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ पशुपति क्षेत्रस्थित बागमती नदी किनारमा पत्नी सविता पौडेलसहित छठी माताको पूजा–आराधना गरेका छन्। गुह्येश्वरी मन्दिरअगाडिको गौरीघाटमा तयार पारिएको छठ पूजास्थलमा पुगेका राष्ट्रपति पौडेल दम्पतीले अस्ताउँदो सूर्यलाई अर्घदान अर्पण गर्दै छठ पर्वको धार्मिक विधि सम्पन्न गरेका हुन्। राष्ट्रपति सचिवालयका अनुसार राष्ट्रपति पौडेलले देशमा शान्ति, स्थायित्व र समृद्धिको कामना गर्दै छठी माताको आराधना गरेका थिए। पूजाका क्रममा उनले हिन्दू धर्मावलम्बीको आस्था, संस्कृतिको संरक्षण र एकता सुदृढीकरणमा छठ पर्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। छठ पर्व हिन्दू धर्मावलम्बी महिलाले विशेष श्रद्धा, आत्मसंयम र भक्तिभावका साथ मनाउने पर्व हो। यो पर्वमा महिलाहरूले चार दिनसम्म व्रत…
Read More
जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

जंगल सफारीमा प्रयोग हुने सवारीमा जीपीएस अनिवार्य राख्नुपर्ने

नवलपुर : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जिप सफारीमा प्रयोग हुने सवारीमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ । निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो । सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल टय्राकिङ एन्ड मोनिटरिङ सिस्टम जडान गर्न अनिवार्य गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाथ थापाले बताए । ‘यसले सवारीको निगरानी र कुन सवारी कहाा छ भन्ने विषयमा प्रत्यक्ष अवलोकन र निगरानी गर्न सहज हुने छ,’ उनले भने । यसैबीच आर्थिक वर्ष २०८२/८३ का लागि पूर्वी नवलपरासी खण्डबाट मध्यवर्ती र निकुञ्जमा सफारीका लागि निकुञ्ज…
Read More
तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

काठमाडौँ :आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ। वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई…
Read More
रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक

रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक

२ कार्तिक, रत्ननगर । कृष्ण प्रसाद देवकोटा । अहिले तिहारको रौनकले गाउँ शहर झिलिमिली भएको छ । यहि पर्वलाई लक्षित गर्दै चितवनकी गायिका रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत "भैलिराम" सार्वजनिक गरिएको छ । गीतमा तिहार अन्तर्गत ५ दिन सम्म मनाईने काग तिहार, कुकुर तिहार, लक्ष्मीपुजा, गाई तिहार, गोबर्द्धन पुजा तथा भाईटिकाको महत्वलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । ऋषि तिवारीको मनमोहक शव्दलाई चितवनमा रहेर विगत २ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान गरिरहेका किशोर तिवारीले संगीत भरेका छन् भने संगीत संयोजन समेत किशोरको नै रहेको छ । ए टु स्टुडियो चितवनमा रेकर्ड गरिएको गीतको भिडियोले विशेष महिलावर्गले गाईने भैलो संस्कृतिलाई संरक्षण…
Read More
सेवा नेपालको भावी तथा दीर्घकालिन कार्ययोजना सर्वसम्मत पारित

सेवा नेपालको भावी तथा दीर्घकालिन कार्ययोजना सर्वसम्मत पारित

रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल(सेवा नेपाल)ले १३ बुँदे भावि कार्ययोजना र १४ बुँदे दीर्घकालिन कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रबार नवलपरासीको गैंडाकोटमा सम्पन्न सो संस्थाको चौथो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको भावी तथा दीर्घकालिन कार्ययोजना सर्वसम्मत पारित समेत भएको छ । सेवा नेपालकी अध्यक्ष टीकाकुमारी अधिकारीको अध्यक्षतामा भएको साधारण सभा हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलले उद्घाटन गरेका थिए । साधारण सभामा प्रस्तुत गरिएको दीर्घकालिन कार्ययोजनामा प्रारम्भिक सहकारीहरुको संस्थागत विकास र क्षमता विकास, सहकारीहरुको सुशासन र आर्थिक पारदर्शिताका लागि सहजिकरण गर्ने, संस्थालाई सहकारीको सुशासन, वित्तिय व्यवस्थापन र संस्थागत विकासको श्रोतकेन्द्रको रुपमा विकास गर्दै लैजाने, कृषि उपजहरुको प्रशोधन,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.