समाज

विपद् व्यवस्थापन सम्बन्धी तालिम

विपद् व्यवस्थापन सम्बन्धी तालिम

रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं ८ का अगुवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम दिइएको छ । वडा स्तरीय बजेटबाट विपद् व्यवस्थापन तालिम उपभोक्ता समितिले आयोजना गरेको सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । नगर स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष बलराम दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनमा विपद् व्यवस्थापन समितिका संयोजक महेश्वर थपलिया र शान्ति पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष विनोद बस्नेत,रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ,सचिव रामचन्द्र पौडेल,वडा सदस्यहरु गोकर्ण कुमारी महतो,भोला महतो,नेत्रलाल गिरी,कुमारी विश्वकर्मा,सचिव सुर्यप्रसाद ढुंगाना,निमावि चित्रसारीका प्रधानाध्यापक सुर्यप्रसाद लामिछाने,चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा लगायतले…
Read More
वडा अध्यक्ष थापाको उदाहरणीय काम,पेन्सनबाट गरिवकी छोरीलाई शिक्षा

वडा अध्यक्ष थापाको उदाहरणीय काम,पेन्सनबाट गरिवकी छोरीलाई शिक्षा

रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं १६ का वडा अध्यक्ष हेमराज थापाले गरिव तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका छन । सो वडामा रहेको भद्रकाली माविमा कक्षा ५ मा अध्ययनरत आयुषा सूयालको अभिभाबकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका हुन । विद्यालयमा आयोजित कार्यक्रममा उनले सूयाललाई किताव,स्टेशनरी,पोसाक समेत प्रदान गरे । वडाध्यक्ष थापा नेपाली सेनाका अबकास प्राप्त नेपाली सुवेदार हुन । नेपाल सरकारबाट पेन्सन पाउने भएकाले उनले जनप्रतिनिधिलाई सरकारले दिने सेवा सुविधा पाउदैनन । वडाध्यक्ष थापाले आफुले पाउने पेन्सनबाट सूयाललाई कक्षा १२ सम्म पढाउने बताए । उनले वडा भित्रका आर्थिक…
Read More
म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था सरकारद्वारा खारेज

म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्था सरकारद्वारा खारेज

काठमाडौ १५ बैशाख । वैदेशिक रोजगारीमाजाने युवालाई म्यानपावर व्यवसायीकाएजेण्टले ठगिरहेका बेला सरकारले म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्थाखारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधनगर्ने क्रममा वैदेशिक रोजगार ऐनमात्यो व्यवस्था गरेपछि म्यानपावर व्यवसायीले अबएजेण्ट राख्ननपाउने गरि यो व्यवस्थाखारेज भएको हो । यसलाई कार्यान्वयमाल्याउनकालागि वैदेशिक रोजगार विभागले तयारी सुरु गरेको छ । विभागले म्यानपावर व्यवसायीलाई एजेण्ट नराख्ने निर्देशनसहितपत्रचार गरिसकेको बैदेशिक रोजगार विभागकामहानिर्देशक डाक्टर भिष्मकुमार भुसालले बताउनुभयो । ऐनमाम्यानपावरले एजेण्ट राख्ने व्यवस्थाखारेज भएपछि अब वैदेशिक रोजगारीमा ठगी कमहुने विभागले जनाएको छ
Read More
आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

गैडाकोट ६ बैशाख । श्री हनुमान मन्दिर समिति चक्रघाटले मन्दिर निर्माणका २० बर्षे कार्ययोजनाका पञ्चबर्षीय योजनालाई सार्बजनिक गरिएको छ । आज गैडाकोट ९ मा पत्रकार सम्मेलनको आयोजना गरेर नै मन्दिरको भौतीक पूर्बाधार बिकास शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र त्यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्र बन्न सक्ने हुनाले प्रचारप्रसार गरिने पनि श्री हनुमान मन्दिर समिति चक्रघाट समितिले जनाएको छ । श्री हनुमान मन्दिर चक्रघाटमा रहेको स्नानघाट , धर्मशाला, गुरुयोजना मुताविकको पार्क निर्माण तथा धार्मीक बनको दिगो व्यवस्थापले गैडाकोटको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने श्री हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो । उहाले मन्दिरको बिकास निर्माण र…
Read More
कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

रत्ननगर, २९ चैत्र । चितवनको खैरहनी १२ र १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवा करबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । वनले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो पटक चितवनको सौराहा आउने पर्यटकको आकर्षक गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पर्ने गरेको छ । वन परिसरमा आज आयोजित १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले वन क्षेत्र भ्रमण गरेको तथ्याङ्क शार्बजनिक गरेको छ ।…
Read More
नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

रत्ननगर २७ चैत । नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले वारा र पर्साका हावाहुरु पिडितका लागि सहयोग हस्तान्तरण गरेको छ । वारा र पर्सा लगायतका जिल्लामा ठूलो आँधी बेहेरी र चट्टयाङ पर्दा करिब ३० जनाको मृत्यु भएको थियो । हावाहुरीवाट पिडित भएकाहरुको लागि नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले नगद १ लाख ६९ हजार ७ सय ९२ रुपयाँ वारा बिपत व्यवस्थापन सहायताकोषमा जम्मा गरेको रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ जानकारी दिनु भएको छ । वाराको कलैयामा एक समारोहका विच सहायताकोषमा जम्मा गरेको भौचर हस्तान्तरण समारोहका प्रमुख अतिथि एवं वाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेको श्रेष्ठले वताए । कार्यक्रममा नेपाली सेना…
Read More
रत्ननगरमा दिप ज्योति मल्टी सप्लायर्सको सेवा सुरु

रत्ननगरमा दिप ज्योति मल्टी सप्लायर्सको सेवा सुरु

चितवन २४ चैत । पुर्वी चितवनको रत्ननगरमा १० वकुलहर पर्सौनीमा आज एक समारोहका विच दिप ज्योति मल्टी सप्लायर्सको समुद्घाटन गरिएको छ । समुद्घाटन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नम्वर १० का वडा अध्यक्ष केशव आचार्य रहनु भएको थियो । आचार्यले व्यपार व्यवसाय वजार केन्द्रित भैरहदा वजार वाट थोरै भित्र स्थापना गरिएको प्रति खुसि व्यक्त गर्नु भएको छ । उहाँले गुणस्तरीय समान विक्री गर्न सके जुनसुकै स्थानवाट पनि व्यपार व्यवसाय गर्न सकिने वताउनु भयो । वडा भित्रका व्यपार व्यवसायको लागि गर्न पर्ने सहयोग गर्न वडा कार्यालय तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उधोग वाणिज्य संघ…
Read More
प्रहरी साझेदारी कार्यक्रम:सवारी चालकको स्वास्थ्य परिक्षण

प्रहरी साझेदारी कार्यक्रम:सवारी चालकको स्वास्थ्य परिक्षण

धु्रवराज खनाल , चैत २४ गते । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चितवनमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण कार्य तीव्र पारेको छ । सवारी र त्यसका चालकका कारण पनि दुर्घटना भईरहेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अनुसार ट्राफिक प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा क्याम्प खडा गरी चालकको स्वास्थ्य र सवारी यन्त्र परिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र गिरीले जानकारी दिए । महिनामा एक पटक मुख्य राजमार्गमा क्याम्प खडा गरेर वृहत रुपमा चेकजाँच गदैै आएको उनले वताए । समुदाय प्रहरी…
Read More
रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रोटरीको कार्यक्रममा २५७ जनाले गरे रक्तदान

रत्ननगर २३ चैत । रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी रत्ननगरमा बृहद रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए ।
Read More
आज घोडेजात्रा पर्व मनाइँदै

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौ २२ चेत । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ । पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ । त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.