रामु आचार्य ।
चितवन, २३ चैत । रत्ननगर नगरपालिका १० मा रहेको सुनगाभा वाल संसार मन्टेश्वरी प्रि प्राईमरीको आठौ वार्षिकोत्सव तथा साता दिक्षान्त समारोह आज सम्पन्न भएको छ । प्रदेश नम्वर ३ का प्रदेश साँसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा विविध सास्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव र दिक्षान्त समारोह सम्पन्न भएकाृ छ । कार्यक्रममा मन्टेश्वरीले एक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको विवरण श्रव्यदृश्य मार्फत प्रर्दशन समेत गरिएको थियो । मन्टेश्वरीकी प्रिन्सीपल भगवती देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,मन्टेश्वरीका प्रवन्ध निर्देशक रमेश भट्ट,सुरज पौडेल,अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर