ताजा समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो।समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।
Read More
चितवनको सपना स्कुल र ललितपुरको युलेन्स स्कुलबीच शैक्षिक सहकार्य गर्ने सहमति

चितवनको सपना स्कुल र ललितपुरको युलेन्स स्कुलबीच शैक्षिक सहकार्य गर्ने सहमति

माघ १४,चितवन । चितवनको सौराहामा रहेको सपना स्कुल र ललितपुरको युलेन्स एजुकेशन फाउण्डेशन बीच शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । दुबै विद्यालयको शिक्षण शिकाइलाई प्रभावकारी बनाउदै शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले सहकार्य गरिएको हो । शुक्रवार सौराहामा आयोजित कार्यक्रममा शैक्षिक सहकार्यको लागि दुई पक्षीय सम्झौता गरिएको छ । सपना स्कुलका संरक्षक ध्रुव गिरी र युलेन्स एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा अरनिको पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रत्ननगरका मेयर नारायण वन, वडाध्यक्षहरु बलराम दाहाल, राजन भट्ट, सपना भिलेज सोसल इम्प्याक्टका निर्देशक डा कृष्णप्रसाद पौडेल, युलेन्स एजुकेशन फाउण्डेशनकी कार्यक्रम विकास अधिकृत अनुष्का पाण्डेको रोहबरमा दुई विद्यालय बीच सम्झौता भएको…
Read More
रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल

रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल

रत्ननगर,माघ १४ पुर्वि चितवनको रत्ननगरमा कनेक्सन मोबाइल संचालनमा आएको छ । रत्ननगरको सौराहा चोकैमा विहिबारबाट मोबाइल पसल संचालनमा ल्याइएको हो ।  मोबाइल मर्मतलाई मुख्य लक्ष्य राखेर कनेक्सन मोबाइल संचालनमा ल्याइएको संचालक लक्ष्मण सापकोटाले जानकारी दिए । उनले पछिल्लो समय मोबाइल मर्मतको लागि उचित विकल्प नभएर ग्राहकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै  कनेक्सन मोबाइलमा उच्च प्रविधिबाट मोबाइल मर्मत सेवा उपलब्ध हुने बताए । मोबाइलको हार्डवेयर र सफ्टवेयरको विषयमा अध्ययन गरेका अर्का संचालक युवराज सापकोटाले मोबाइल सम्वन्धि सामान्य देखी जटिल समस्याको समाधान कनेक्सन मोबाइलमा  हुने बताए  । उनले पसलको शुभारम्भको अवसरमा एक हप्तासम्म मोबाईल एसोसरिज तथा मर्मतमा ग्राहकहरुका लागि विशेष छुट प्रदान गरिने…
Read More
विश्वभर एकैदिन ३५ लाख बढीमा काेराेना संक्रमण पुष्टि, १० हजार बढीकाे मृत्यु

विश्वभर एकैदिन ३५ लाख बढीमा काेराेना संक्रमण पुष्टि, १० हजार बढीकाे मृत्यु

काठमाडौं : विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार २१६ को मृत्यु भएको हो। त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३५ लाख २ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २८ करोड ५९ लाख ३८ हजार ११६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २८ करोड ६७ लाख ३० हजार २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार…
Read More
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हल्का वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको अधिकतम् तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री…
Read More
चितवनमा नालीमा खसेर एक जनाको मृत्यु

चितवनमा नालीमा खसेर एक जनाको मृत्यु

चितवन ।  भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.