हेडलाईन

लगानी सम्मेलनको ७७ योजनाको २६ परियोजनामा मात्र आवेदन

लगानी सम्मेलनको ७७ योजनाको २६ परियोजनामा मात्र आवेदन

काठमाडौ ९ बैशाख । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको हो । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको महानिर्देशक महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ । चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी…
Read More
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदै

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदै

काठमाडौ ९ बैशाख । आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी विश्वभरी मनाईदैछ । हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको निर्णयपछि एक सय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाउने गरिएको छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ ,मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा…
Read More
धानमा आत्मनिर्भर बनाउन  विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

धानमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौ ९ बैशाख । सरकारले नेपाललाई आत्मनिर्भर बनाउनका लागि चैते धान र मसिना तथा वास्नादार चामल उत्पादनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । धान उत्पादनका लागि सरकारले लिने वार्षिक लक्ष्य पुरा गर्न धानका लागि विशेष योजना ल्याउने तयारी भइरहेका कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री आधुनिकिकरण योजनाका साथै वर्षे धानका साथै अब चैते धान उत्पादनका लागि विशेष योजना र कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । मुलुकको प्रमुख अन्नको रुपमा रहेको धानमा आत्मनिर्भर बनाउन चैते धानका साथै मसिना र वास्नादार धान उत्पादनका लागि किसानलाई अनुदान, उन्नत जातको बिउ, मल उपलब्ध गराउने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने उहाँको…
Read More
विज्ञहरु भन्छन्ः नागरिकताको राजनीतिले देश अफ्ठ्यारोमा पर्नु हुन्न

विज्ञहरु भन्छन्ः नागरिकताको राजनीतिले देश अफ्ठ्यारोमा पर्नु हुन्न

काठमाडौं ६ वैशाख । नेपाल सरकारले नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर भएर सोच्नुको सट्टा हतारमा निर्णय गरेर देशलाई कमजोर बनाउने दिशामा लगेको वक्ताहरुले आरोप लागाएका छन् । शुक्रबार राजधानी स्थित संवाद डबलीले ‘नागरिकता सम्बन्धी समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारलाई सो कदम सच्याउन आग्रह समेत गरेका छन् । नेकपा(क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपि गजुरेलले नेपाल सरकारले विगत जस्तै यो पटक पनि लाखौं विदेशीलाई नेपाली नागरिकता गैरकानुनी ढंगबाट दिने निर्णय गरेको आरोप लागाएका छन् । गजुरेलले संसदको निर्णय सुन्ने समेत धैर्यता नगरेको बताउँदै भनेका छन्,“संसदमा नागरिकता सम्बन्धि विध्ययक विचाराधीन रहेकै अबस्थामा संसदीय सिस्टमको समेत उल्लङ्घन गरि ओलि–प्रचण्डहरुले संसदीय व्यवस्थाकै…
Read More
आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

गैडाकोट ६ बैशाख । श्री हनुमान मन्दिर समिति चक्रघाटले मन्दिर निर्माणका २० बर्षे कार्ययोजनाका पञ्चबर्षीय योजनालाई सार्बजनिक गरिएको छ । आज गैडाकोट ९ मा पत्रकार सम्मेलनको आयोजना गरेर नै मन्दिरको भौतीक पूर्बाधार बिकास शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र त्यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्र बन्न सक्ने हुनाले प्रचारप्रसार गरिने पनि श्री हनुमान मन्दिर समिति चक्रघाट समितिले जनाएको छ । श्री हनुमान मन्दिर चक्रघाटमा रहेको स्नानघाट , धर्मशाला, गुरुयोजना मुताविकको पार्क निर्माण तथा धार्मीक बनको दिगो व्यवस्थापले गैडाकोटको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने श्री हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो । उहाले मन्दिरको बिकास निर्माण र…
Read More
लुक्ला विमान दुर्घटना : सबैको पहिचान खुल्यो

लुक्ला विमान दुर्घटना : सबैको पहिचान खुल्यो

सोलुखुम्बु १ बैशाख । सोलुखुम्बु तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित दुईजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना रहेका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए। त्यस्तै लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। यस्तै घाइते…
Read More
लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ३ जनाको मृत्यु

सोलुखुम्बू, १ बैशाख । सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान रोकिरहेको मनाङ एयर हेलिकप्टरमा अवतरण गर्ने क्रममा समिट एयरको जहाज ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा भएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मनाङ एयर र समिट एयरको जहाज ठोक्किदा विमान दुर्घटनामा परेको हो । मृत्यु हुनेमा मनाङ एयरका चालक र दुई जना सुरक्षाकर्मी रहेको बताइएको छ ।    
Read More
सौराहामा पर्यटकीय बसपार्क बनाएरै छाड्छु : मेयर वन

सौराहामा पर्यटकीय बसपार्क बनाएरै छाड्छु : मेयर वन

चितवन २९ चैत । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जस्तो सुकै मुल्य चुकाएर भएपनि सौराहाका पर्यटकीय बसपार्क लगायतका पर्यटन पूर्वाधार निर्माण गरेरै छाड्ने बताएका छन । जग्गा विवादका कारण पर्यटकीय ठुला योजना पुरा नहुने आशंका भइरहेका बेला मेयर वनले भने कुनैपनि हालतमा काम गरेर देखाउने दावी गरेका छन । नयाँ वर्ष २०७६ सालको अवसरमा रत्ननगर नगरपालिकाले शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर नारायण वनले जस्तो सुकै परिस्थिती आए पनि योजनाको सुरुवात गर्ने बताए । रत्ननगरले पर्यटकीय वसपार्क, वाटर किंगडम, सिटी, भ्यु टावर निर्माण गर्ने लगायतका ठुला योजना चालु आर्थिक वर्षमा सुरु गर्ने लक्ष्य लिएको छ । तर, वर्षौदेखी ऐलानी…
Read More
कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

रत्ननगर, २९ चैत्र । चितवनको खैरहनी १२ र १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवा करबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । वनले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो पटक चितवनको सौराहा आउने पर्यटकको आकर्षक गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पर्ने गरेको छ । वन परिसरमा आज आयोजित १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले वन क्षेत्र भ्रमण गरेको तथ्याङ्क शार्बजनिक गरेको छ ।…
Read More
बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

चितवन २८ चैत । बढ्दो शहरीकरणसँगै चितवनमा पछिल्लो समय बारटेण्डर व्यवसायमा आकर्षण बढेको छ । विशेष गरेर युवावर्गले यो क्षेत्रलाई रोज्ने गरेका छन् । यससम्बन्धी डिप्लोमा कोर्षमा पढाइसमेत हुने गरेको छ । भरतपुर–१० स्थित स्याउली बजार हाकिमचोकमा आफ्नो अध्ययन पूरा गरे पश्चात् वैदेशिक रोजगारिका लागि बिदेश जान चाहनेहरुका लागि र स्वदेशमा नै केही गरौं भन्ने भावना भएकाहरुका लागि चितवन फ्लेयर बार टेन्डर इन्स्टिच्युट विगत ५ वर्षदेखि सन्चालनमा आइरहेको छ ।वैदेशिक रोजगारका क्रममा सिङ्गापुर स्टार क्रुजबाट नेपाल आए पश्चात् नेपालमा नै केही गरौ भन्ने भावनाले यो व्यवसाय रोजेको संचालक संजोक गुरुङ बताउनुहुन्छ । कलात्मक ढंगले प्रयोगात्मक फ्युजनको विश्वभरि चल्ने ककटेल, मक्टेल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.