हंस सहकारीको साधारण सभा : शेयर सदस्य सम्मानित, प्रतिवेदन पारित
रत्ननगर । हंस बहुउद्देश्यी सहकारी संस्थाको २०औं बार्षिक साधारण सभा तथा १४औं बार्षिकोत्सव समारोहमा सोमबार रत्ननगर स्थित टाँडी सेवा केन्द्रमा गरिएको छ । साधारण सभा रत्ननगर नगपालिकाका उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए । सो अबसरमा उनले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । पैसा कमाउने उद्देश्य मात्र नराखी शेयर सदस्यको समस्यालाई प्राथमिकतामा राखेर लगानी गर्न उनले सुझाब दिए । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा सो सहकारीले एक बर्षमा करिब तीन करोड रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको जनाइएको छ । सो संस्थाले आर्थिक बर्ष २०७९÷८० मा २ करोड ९३ लाख २५ हजार रूपैया मुनाफा गर्न सफल…