ताजा समाचार

चितवनमा आज ४७ जना कोरोना संक्रमित थपिए, १ सय ९४ जना संक्रमणमुक्त

चितवनमा आज ४७ जना कोरोना संक्रमित थपिए, १ सय ९४ जना संक्रमणमुक्त

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बिस्तारै ओरालो लाग्दै गइरहेको छ । पछिल्लो चार दिन यता कोरोना संक्रमितको संख्या लगातार घटिरहेको छ । माघ १३ गते चितवनमा संक्रमितको संख्या २८२ थियो । माघ १४ गते २११, माघ १५ गते १७४ र आज माघ १६ गते ४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयले दिएको विवरणअनुसार आज कोरोनाबाट १९४ जना संक्रमणमुक्त भएका छन् । भरतपुर महानगरपालिकामा ३९, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा ५, राप्ती र कालिकामा १/१ जना कोरोना संक्रमण थपिएका छन् । चितवनमा हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या ३२ हजार १९६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार…
Read More
सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव: प्रधानमन्त्री देउवा

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव: प्रधानमन्त्री देउवा

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राख्नुभयो । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको…
Read More
मनाङलाई हराउँदै एपिएफले जित्यो आहा राराको उपाधि, रच्यो इतिहास

मनाङलाई हराउँदै एपिएफले जित्यो आहा राराको उपाधि, रच्यो इतिहास

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल एपिएफ फुटबल क्लबले २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङलाई टाइब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै एपिएफले इतिहास रचेको छ । उसले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको हो । एपिएफ १४ वर्षपछि यो प्रतियोगिताको फाइनलमा पुगेको थियो । फाइनलमा निर्धारित ९० मिनेटमा २-२ को बराबरी र अतिरिक्त समयम गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा मनाङका ओलावाले अफीजले मात्र गोल गर्न सकेनन् ।  उनको प्रहारलाई एपिएफका गोलरक्षक युया कोरिगोल गर्न सफल भए । मनाङको तर्फबाट…
Read More
६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन सुरु

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन सुरु

काठमाडौं : सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको जानकारी दिए । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालेको हो । बुस्टर…
Read More
प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रेस सेन्टर नेपालका संस्थापकहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिष्ठान, एसोसिएट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा…
Read More
चितवनमा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

चितवनमा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय २८ जनाको पिसीआर र १ सय १ जनाको एन्टिजेन परिक्षण गर्दा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुर महानगरपालिकामा १ सय १५ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा १८ जना, राप्ती नगरपालिकामा ६ जना र कालिका नगरपालिकामा ३ जना गरी जिल्लामा १ सय ७४ जनामा संक्रमण पुष्टी भएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९५ पुगेको छ । संक्रमित मध्ये ४ हजार…
Read More
गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै निर्माण व्यवसायी महासंघको आपत्ति

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै निर्माण व्यवसायी महासंघको आपत्ति

चितवन । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनीरूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्माण कम्पनी इन्डो¬सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासङ्घले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद्…
Read More
चितवनमा आज २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो

चितवनमा आज २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो

चितवन ।  चितवनमा आज २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय चितवनको अनुसार ४ सय ६२ जनाको पिसिआर र एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भरतपुरका १ सय ३८ जना, खैरहनीका १५ जना, माडीका १७ जना, रत्ननगरका ३१, राप्तीका ८ र कालिकाका २ जना रहेका छन । भने ५९ जना निको भएका छन । यो संगै चितवनमा सक्रिया संक्रमितको संख्या ४०९४ पुगेको छ । सो मध्ये ४१ जना अस्पताल र ४ हजार ५३ जना होमआइशोलेसनमा छन ।
Read More
गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन ।  सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका कानुन…
Read More
विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

काठमाडौँ ।  आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो । ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.