आज उपत्यका सहित देशभरी कै मौसम बदली हुने

आज उपत्यका सहित देशभरी कै मौसम बदली हुने

काठमाडौ २२ चेत । काठमाण्डौं उपत्यका सहित देशभरी कै मौसम बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा, पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको विभागको भनाई छ । उच्च हिमाली भागका केही स्थानमा पनि हल्का हिमपातको संभावना देखिन्छ । आज र भोलि मौसममा समस्या देखिएपछि पर्सी आइतबारदेखि भने मौसममा केहि सुधार हुने विभागले बताएको छ ।
Read More
आज घोडेजात्रा पर्व मनाइँदै

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौ २२ चेत । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ । पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ । त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर…
Read More
प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने

प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने

काठमाडौ २२ चेत । सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने भएको छ । संसदीय सुनुवाइ समितिले हिजोको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीश विरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो । आजदेखि १० दिन सम्मको समयभित्र सरोकारवाला र सर्वसाधारणले उजुरी दिन सक्नेछन् । सरोकारवाला तथा सर्वसाधारणले प्रस्तावित न्यायाधीश उपर इमेल तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दिन सक्नेछन् । यस्तै, सबै जिल्ला प्रशासन कार्यालय मार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ । न्यायपरिषद्ले मङ्गलबार सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको…
Read More
समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारी समायोजनप्रति असन्तुष्टी

समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारी समायोजनप्रति असन्तुष्टी

काठमाडौ २२ चेत । कर्मचारी समायोजनमा गुनासो संख्या बढीरहेको छ । कर्मचारी समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउँदै गुनासो दर्ता गराएका छन् । समायोजनप्रति असन्तुष्ट तथा समायोजना फारम भरेको ठाउँमा नभई अन्य ठाउँमा परेको भन्दै कर्मचारीले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिमा गुनासो दर्ता गरेका हुन् । दर्ता भएका गुनासाको छानविन प्रक्रिया सुरु भइसकेकाले अबको एकहप्ता भित्र गुनासोको सम्बोधन गरिसक्ने मन्त्रालयका सहसचिव एवम् गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराईले सीआइएनसँग बताउनुभयो । सघ, प्रदेश र स्थानीय तहका सबै निकायमा गरि १ लाख ३१ कर्मचारीको समायोजन भइसकेको छ । जसमा सबैभन्दा बढी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.