Breaking

थप १ सय ४७ जनामा कोरोना पुष्टि

थप १ सय ४७ जनामा कोरोना पुष्टि

काठमाण्डौ,असोज ३०नेपालमा आज थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८४५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९५ हजार ९५९ जना संक्रमित भएकोमा ८ लाख ४ हजार ६५२ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ रहेको छ ।
Read More
१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल : उपाधिको लागि आज नेपाल र भारत भिड्दै

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल : उपाधिको लागि आज नेपाल र भारत भिड्दै

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ। भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत…
Read More
सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान: प्रधानमन्त्री

सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताउनुभएको छ । बडादसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।” प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ…
Read More
आईपीएल क्रिकेटको फाइनल खेल आज : चेन्नयी र कोलकत्ता भिड्दै

आईपीएल क्रिकेटको फाइनल खेल आज : चेन्नयी र कोलकत्ता भिड्दै

काठमाडौं । यूएईमा जारी १४ औँ सिजनको आईपीएलको फाइनल आज हुँदैछ। जहाँ चेन्नयी सुपर किंग्स (सीएसके) र केकेआर खेल्नेछन्। यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ। केकेआर तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा मैदानमा उत्रिनेछ। चेन्नई भने चौथो पटक आईपीएलको उपाधि जित्ने सोचमा छ। दुवै टिम सन्तुलित देखिन्छन्। दुई टोलीबीच एक प्रमुख अन्तर महेन्द्रसिंह धोनीको कप्तानी हो। उनको अनुभव पक्कै यस खेलमा चेन्नयी टिमका लागि उपयोगी हुनेछ। केकेआरमा पनि विश्वकप विजेता कप्तान इयोन मोर्गन छन्। चेन्नयीको सम्भावित प्लेइङ–११ : रुतुराज गायकवाड, फाफ डुप्लेसिस, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायडू, एमएस धोनी (कप्तान/विकेटकिपर), रविन्द्र जडेजा, ड्वेन…
Read More
मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन, १० दिनभित्र प्रतिवेदन पेस हुने

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन, १० दिनभित्र प्रतिवेदन पेस हुने

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला–मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना…
Read More
आज महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै

आज महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं / नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो । महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ । आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा…
Read More
सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : शशांक कोइराला

सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : शशांक कोइराला

रत्ननगर,असोज २६नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताएका छन् । मंलबार नेपाली कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले पार्टिमा गुट उपगुट समाप्त गर्नको लागि सभापति पदको लागि लड्दैछु भन्दै उम्मेद्धारीबाट पछि नहट्ने बताएका हुन् । ‘वर्तमान सभापति शेरबहादुर देउवाको विषयमा कुरा गर्न चाहन्न,वहाँ पनि आफ्नै गुटको मान्छे खोज्नुहुदो रहेछ’ उनले भने वहाँ सबैको सभापति हो भन्दै पार्टिमा गुट उपगुट अन्त्य हुनुपर्ने बताए । कोइरालाले चुनावबाट सभापति जितेर आइसकेपछि पार्टीको वर्चस्व सभापतिको हातमा हुनुपर्ने भन्दै अहिलेको विधानमा त्यो नभएकोले विधान परिवर्तन गर्नुपर्ने धारणा ब्यक्त गरे । पार्टिको महामन्त्री भएर पार्टीलाई नजिकबाट नियालेको छु…
Read More
चितवनका चेपाङ समुदायमा बालविवाह रोक्न प्रोत्साहन भत्ता

चितवनका चेपाङ समुदायमा बालविवाह रोक्न प्रोत्साहन भत्ता

चितवन : चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गर्नुभएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो । उहाँले भन्नुभयो, “२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।” उहाँका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि, २ को मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि, २ को मृत्यु

चितवन,असोज २३चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार १ जनाको कलेज अफ मेडिकल साइन्सेस र १ जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चितवनमा अहिले सम्म २६ हजार २०२ जना कोरोना संक्रमित भएकोमा २५ हजार ३९७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ३८४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४२१ पुगेको छ ।
Read More
गरिवलाई नि:शुल्क स्वास्थ्य बिमा, सहकारीलाई जग्गा : वडाध्यक्ष पाख्रिन

गरिवलाई नि:शुल्क स्वास्थ्य बिमा, सहकारीलाई जग्गा : वडाध्यक्ष पाख्रिन

रामु आचार्य२२ असोज । रत्ननगरचरम गरिवीका कारण स्वास्थ्य उपचारमा कठिनाई भएको भन्दै निश्चित संख्यामा गरिवहरुलाई वडा कार्यालयले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने रत्ननगर नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष वीरबहादुर पाख्रिनले बताएका छन् । रत्ननगर १२ सालघारीमा आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको संस्थाको दशौँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा पुगेका पाख्रिनले यस्तो बताएका हुन् । साथै सुकुम्वासी बस्तीमा सुकुम्बासी उकास्नका लागि स्थापित भएको आकृति महिला बचतलाई छिट्टै जग्गा उपलव्ध गराईदिने समेत पाख्रिनको भनाई थियो । उनले थपे "सहकारीलाई उचित हुने सार्वजनिक जग्गा उपलव्ध गराउनेछौं" । कार्यक्रममा रत्ननगर सहकारी संजालकी अध्यक्ष ऋतु गिरि, सामाजिक अभियान्ता सरोज भण्डारी,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.