२१ असोज, सर्लाही । हरिपुरका मुसहर समुदाय दसकौ देखि गाँउका महाजनहरु संग ४ देखि ५ रुपैया व्याजदर (४८% देखि ६० % व्याजदर) मा ऋण लिने गरेका छन । उक्त ऋण तिर्न मुसहर समुदाय सँधैभरी महाजनको घर तथा खेत बारीमा गएर न्यूनतम ज्यालामा घरेलु बधुवा मजदुरको रुपमा काम गर्नु पर्ने बाध्यता छ । कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतनाको अभावका कारण उनीहरु बधुवा मजदुरको रुपमा साहुको घरमा गएर काम गर्नु पर्ने अवस्था छ । ईटाभट्टा एवं भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा कति पएको अकालमा ज्यान गुमाउनु परेको छ । ७९ % मुसहर समुदायको आफ्नो नाममा घर जग्गाको लालपुर्जा नभएको कारण बैक तथा बित्तीय संस्था मार्फत कुनै पनि आर्थिक कारोबार नहुने हुँदा महाजनको बाट चर्को व्ययाजदरमा ऋण लिन बाध्य छन । घरमा बिरामी पर्दाहोस वा सामाजिक कार्य गर्न पैसा आवस्यक हुदा महाजनकै भर पर्नुपर्ने अवस्था रहेको थियो ।

हरिपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सहकारीको उद्घाटन गरिएको छ । प्रदेस सभा सदस्य वेचि लुङलेलीको प्रमुख आतिथ्यता तथा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियाको बिशेष आतिथ्यतामा वडा नं २,६ र ८ का वडा अध्यक्षको सहभागीतामा संस्था उद्घाटन गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु, नेपाल राष्ट्रिय मुसहर संघ, मुसहर महिला सशक्तिकरण मन्चका पदाधिकारी लगाएतका १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सो अबसरमा नगर प्रमुख गोपाल पंजियारले मुसहर महिलाहरु बिगतमा भन्दा धेरै परिबर्तन भएको बताए । आगामी दिनमा नगरपालिकाले मुसहर समुदायलाई आयआर्जनका लागी सहयोग गर्ने बताए । प्रदेस सभा सदस्य बेचि लुङगेलीले मधेसका मुसहर समुदायका महिलाहरुको आर्थिक रुपान्तरणको लागी पहल गर्ने बताउनु भयो ।

सामाजिक आर्थिक रुपमा पिछडिएका तराई मधेसका मुसहर समुदायका महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउन सहकारी स्थापना गरिएको छ । साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल)ले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारको लैङ्गिक उत्तरदायी सुशासन प्रर्बद्धन परियोजना अन्तर्गत सहकारी स्थापना गरिएको साप नेपालका प्रदेशिक संयोजक जनक कार्कीले जानकारी दिए । हरिपुर नगरपालिका वडा नं २ मा कार्यालय रहेको सो सहकारीमा करिब ५ सय महिलाहरु सेयर सदस्य रहेको अध्यक्ष रुपतारा पासवानले बताउनुभयो । आर्थिक रुपमा कमजोर दलित समुदायलाई सहकारीले सहयोग पुग्ग्ने उनले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार