काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डसामु नेपालले २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको हो ।

नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन बनाए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर