१७ असार । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १ सय ८२ रनको लक्ष्य नेपालले ४४ औं ओभरमा ७ विकेट गुमाउदै भेट्टायो ।

१०६ रन मै ७ विकेट गुमाएर दबावमा परेको नेपाली टिमलाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै जिताएका हुन् । ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा अविजित रहे । यसअघि कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर