बुटवल । एस के स्टाइल क्रियसनको आयोजनामा द नेक्स्ट फेस लुम्बिनी सिजन २ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहिर केसीको सभाध्यक्षता तिलोत्तमा नगरपालिका उप-प्रमुख जागेश्वरीदेवी चौधरीको प्रमुख आतिथ्यता, गोकुल न्यौपानेको संयोजनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित रेडीसन पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सुशिला नेपाली र अनुप बुढाप्रिथि विजेता हुन सफल भएका छन । त्यसै गरी भियुवर च्वाईस पब्लिक विजेता देवि पाण्डे, सुस्मिता पाईजा मगर र विश्व राष्कोटी मगर हुन सफल भएका छन । त्यसै गरी फर्स्ट रनर अप आकाश रतन, सानिया चालिसे भएका छन ।

कार्यक्रममा कलाकारहरु चर्चित गायक श्रीधर अधिकारी, गायक राजेश भण्डारी , गायक तथा संचारकर्मी बिनोद विष्ट, डान्सर अनु अनमोल क्षेत्री र डान्सर आकृति परियारको बेजोड प्रस्तुति रहेको थियो । बुटवलका चर्चित उद्घोषक सुमन श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार