१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत भर्खरै सम्पन्न खेलमा मलेसिया विरुद्ध नेपाल ६ विकेटले बिजयी भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । नेपालका लागी ओपनर आसिफ शेखले मात्र ३८ बल खेल्दै ५७ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल मात्र १ रनमा आउट हुदा रोहित पौडेलले १२, दिपेन्द्र सीङ ऎरि २१ त्यस्तै दिलिपनाथ अविजित १५ र कुशल मल्लले अविजित २ रन बनाए ।

मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए , नेपालका लागी बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए । किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए ।

मलेसियाका लागी पवन दिपले २ त्यस्तै मुहमद अमिर र स्येद आशिशले समान १/१ विकेट लिए । जित संगै नेपाल अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ । उत्कृष्ठ खेल प्रस्तुत गरेका आसिफ शेख प्लेयर अफ द म्याच चुनिए ।

प्रतिक्रिया

सम्बन्धित खवर