
चितवन,कार्तिक ४
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहिबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय आज बसेको स्थायी कमिटी बैठकबाट भएको हो ।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।