
चितवन : चितवनमा ३ सय ६३ जनाको पिसिआर परिक्षण गर्दा २७ र ५४ को एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले ज्यान आज गुमाएका छन। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २३, खैरहनि १ , रत्ननगर ४ र राप्तीका २ जनामा संक्रमण भएको हो।
चितवनका विभिन्न अस्पतालमा ३२ जनाको आइसियुमा छन। जसमध्ये १२ जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १ हजार ४ सय २० जना रहेका छन।
मृत्यु भएका मध्ये चितवन र मकवानपुरका १/१ जना रहेका छन। यो संगै चितवनमा कुल मृतकको संख्या ३९३ पुगेको छ । आज चितवनमा १ सय १० जना संक्रमीत निको भएका छन ।