करिष्मा गुरुङ
देवघाट, तनहुँ : असार ३ गते,

तनहुँको देवघाटमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा “चुरेको माटो चुरेलाई,सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाको सिटी हल परिसरमा आज १२ प्रजातिका बिरुवाहरु रोपिएको छ । म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखन्ड,रक्तचन्दन, अशोक , तेजपत्ता, अम्बा , धुपी, कटहर, बेल, पारिजात लगाएतका बिरूवाहरू गरेर २०० भन्दा बढी बिरूवाहरू रोपेर २०७८ को चुरे संरक्षण दिवस मनाइएको हो ।

देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाइएको हो । कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताए । देवघाट गाउँपालिकाभित्र पनि थुप्रै चुरे क्षेत्रहरू रहेकोले सो चुरे क्षेत्रको संरक्षणमा सबै देवघाटवासि लाग्नुपर्नेमा थापाले जोड दिएका थिए । देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेकोमा उक्त कार्यलाई साथ दिएर अघि बढ्ने उनको भनाई थियो ।

सोही कार्यक्रमलाई सम्वोधन गदैँ देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका वार्ड नम्बर ५ का वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्दै बिरुवा रोपेर मात्र नभई रोपिसकेका बिरूवाहरूलाई संरक्षण गर्न महत्त्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटि अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामि सबै लागौ भन्दै सहभागीहरुलाई जागरुक बनाएका थिए ।

कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुसिल लामिछाने,देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्थ इलाका वन कार्यालय देवघाट तनहुँका प्रमुख नवराज घिमिरे ,लियो क्लव अफ चौतारी देवघाट,स्थानियवासी लगायत धेरै बुद्धिजीवी महानुभावहरूको उपस्थिति रहेको थियो ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार