जेठ २४ सोमबार
रत्ननगर, काजिराज चौधरी

श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति टिकौलीको पहलमा अमेरिका निवासी समितिको पुर्व कोषाध्यक्ष श्री सरस्वती सुवेदी एवम् श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति टेक्सास अध्यक्ष सीता दाहाल ढकालको सौजन्यमा श्रीकृष्ण प्रणामी मन्दिर टिकौली वरिपरिका अति विपन्न परिवार लाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाईरसको महामारीका कारण जारी निषेधाज्ञाले जनजीवन कष्टकर बनेपछि रत्ननगर ९ स्थित सुकुम्बासी टोलमा बस्ने अति विपन्न वर्ग पहिचान गरि १५ परिवारलाई खाद्यान्न प्रदान गरिएको श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा श्रीकृष्ण प्रणामी बा.म.स. केन्द्रिय समितिको सदस्य इन्दिरा बराल ,सेवा समिति टिकौलीका धार्मिक उपाध्यक्ष जगदीशचन्द्र बराल,सह सचीव बालकृष्ण अम्गाइ ,सह कोषाध्यक्ष नीलकण्ठ श्रेष्ठ एवम् सदस्य तेजराज खनालको विषेश उपस्थित रहेको थियोे ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार