मकवानपुर : प्रचण्ड-माधव समुह निकट नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकारले पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन।प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा भएको दोस्रो भेलालाई सम्बोधनका क्रममा भट्टराईले यसो बताएका हुन ।

उनले सभालाई सम्बोधनका क्रममा केही पत्रकार संविधान ओलीले मिचिदा, संविधानलाई कु गर्दा त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको बताएका छन। उनले देशमा भएको आमुल परिवर्तनमा प्रेसको भुमिका अतुलनीय रहेको र सम्रग प्रेस जगप्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड नेपाल समुह कटिबद्द रहेको बताएका छन।

‘सरकारी मिडियाले सरकारको अन्धो समर्थन गर्ने गरेकोले उनिहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन्’- भट्टराईले आरोप लगाए।

उनले प्रधानमन्त्रीले दिनदाहडै संसद विघटन गर्दा,ठिक हो भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्वको रक्षा गर्न चुनौती दिएका छन। भट्टराईले ओलीलाई कम्युनिष्ट आन्दोलनले नपत्याएको भन्दै अन्या दलमा पनि आन्दोलनको मर्म भावना नबुझदा बडारिनु परेको स्मरण गर्दै अब ओली ज्युले पदत्याग गरेर कम्युनिष्ट आन्दोलनले सार्थकता पाउने बताए।

नेता भट्टराईले केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजिनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर