काठमाडौं : विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् । प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’ भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर