चितवन । गायक राम चन्द्र काफ्ले र गायीका जुनु रिजालको पछिल्लो सांगेतिक प्रस्तुती “बन चौरी” गितको म्युजिक भिडियोको प्रिमियर चितवनमा गरिएको छ । भरतपुरको सिजी सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि आज (शनिवार) सो गितको म्युजिक भिडियोको प्रिमियर गरिएको हो । सो प्रिमियर कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी ऋद्धी चरण श्रेष्ठ रहेका थिए ।

म्युजिक भिडियोे प्रिमियर कार्यक्रममा उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजु श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधान, भरतपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी, म्युजिक भिडियोका मोडल तथा नायक पल शाह, नारायणी कलामन्दिरका अध्यक्ष उद्धव जोशी लगाएतको उपस्थिती रहेको थियो ।

“वन चौरी” गितलाई दर्शकले गायक काफ्लेको आफ्नै युट्युब च्यानलबाट हेर्न पाउनेछन् । सो गितमा राम चन्द्र काफ्ले र जुनु रिजालको स्वर, राजकुमार वगरको शब्द र संगित रहको छ । महाराज थापाले एरेन्ज गरेको सो गितको म्युजिक भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर