१३ मंसिर २०७६,
ध्रुवराज खनाल
चितवन । चितवनको पर्यटनमा नयाँ प्रयोग गर्न थालिएको रात्रीकालिन जीप सफारीमा सरोकारवालाहरु एकजुट भएका छन् । सौराहालाई लोथर सम्म रात्रीकालिन जीप सफारी मार्फत जोड्नका लागि जनप्रतिनिधी,पर्यटन व्यवसायी,सामुदायिक वन र संरक्षणकर्मीहरु एकजुट भएका हुन् । विहीवार खैरहनी नगरपालिका ११ मा आयोजित छलफलमा सवै जना रात्रीकालिन जीप सफारीमा एकवद्ध भएर यसलाई कार्यान्वयन गर्ने पक्षमा उभिएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले वताए । चितवनमा नयाँ प्रयोग विना पर्यटन दिगो हुन सक्दैन संघका अध्यक्ष भट्टराईले भने – सौराहालाई लोथरसम्म जोड्न रात्रीकालिन जीप सफारीको योजना अघि वढाएका हौ ।
रात्रीकालिन जीप सफारीले वन र वन्यजन्तुमा कुनै असर नगर्ने उनको दावी छ । जीप सफारीका विषयलाई लिएर आलोचना हुदै आएको छ । जीप सफारी निकुञ्ज र वन क्षेत्र भित्र प्रवेश हुदैन् क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले भने – सौराहादेखी लोथर सम्म ड्याक मार्फत सफारी हुने हो,रात्रीकालिन जीप सफारीलाई अनर्थ लगाएर प्रचार भएको छ ।
सौराहाको पर्यटनलाई लोथर सम्म विस्तार गरे स्थानीयको आयआर्जनमा वृद्धी हुनुका साथै चितवनको पर्यटन समेत दिगो हुने उनको विश्वास छ । राप्ती नगरपालिका मेयर प्रभा वराल पनि रात्रीकालिन जीप सफारी संचालन गर्नु पर्ने पक्षमा छिन् । पर्यटन व्यवसायीहरुले ल्याएको नयाँ योजनाको स्वागत गर्ने भन्दै मेयर वरालले स्थानीय तहले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाईन् । रात्रीकालिन जीप सफारीले राप्तीमा पर्यटन गतिविधीको सुरुवात हुन्छ मेयर वरालले भनिन् – स्थानीयलाई फाईदा हुने गरि,वन र वन्यजन्तुलाई असर नगर्ने गरि कामको थालनी गरौ ।
राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले रात्रीकालिन जीप सफारीका लागि वलियो समिति वनाई कार्ययोजना वनाएर अघि वढ्नु पर्ने वताए । स्थानीयलाई फाईदा हुने गरि योजना वनाउनु पर्ने भन्दै उपमेयर लामाले पर्यटन पूर्वाधार निर्माणमा नगरपालिका सकारात्मक रहेको वताए । क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहा आउने पर्यटक दुई रात मात्रै वस्ने भएकाले वसाई लम्वाउन नयाँ योजना अघि सारेको वताउँछन् । पर्यटकले पनि नयाँ नयाँ चिज खोजिरहेका छन् रेवान अध्यक्ष खतिवडाले भने रात्रीकालिन जीप सफारीले थप एक दुई दिन उनीहरुको वसाई लम्वाउँदा पर्यटन दिगो हुनुका साथै स्थानीयलाई पनि फाईदा पुग्छ ।
कानुनी व्यवस्थाका कारण रात्रीकालिन जीप सफारीमा चुनौती रहेपनि सवैको प्रयासमा सफारी संचालन गर्न सकिने पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरु वताउँछन् । कठार भण्डार सामुदायिक वन समन्वय समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतामा भएको छलफलमा खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती,क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष राममणी खनाल, कोषाध्यक्ष माधव दुवाडी,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत वहादुर तामाङ,लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानवहादुर स्याङ्वो,पर्यटन व्यवसायी तथा संरक्षणकर्मी टिका गिरी लगायतले रात्रीकालिन जीप सफारी संगै लोथर सम्म पर्यटन विस्तार गर्ने विषयमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार