८ मंसिर २०७६,
चितवन ।
डेक–नेपालले अन्डेफको सहयोग तथा नेपालचेपाङ संघ र साप नेपालको समन्वयमा‘‘लैङ्गिंकउत्तरदायी सुशासन प्रवद्र्धनकालागियुवा चेपाङ महिलाअगुवाहरुको सशक्तिकरण परियोजना अन्तरगत इच्छाकामना गाउँपालिकाका वडा नं १,२,३,५, ६ र ७ तथा कालीका नगरपालिका ३,८,९,१० र ११ का ५४० जनाअगुवा चेपाङ महिलाहरुलाई लैगिंकउत्तरदायी सामाजिकजवाफदेहिता बिषयक २ दिने अनुशिक्षण कार्यकक्रम सम्पन्न गरेको छ ।

अगुवा चेपाङ महिला नेतृहरुको स्थानीय सुशासन प्रकृयामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, अधिकारवालाहरुको सशक्तिकरण, सेवा प्रदायकहरुको जवाफदेहिता अभिवृद्धि तथा नागरिक संस्थाहरुको साझेदारी प्रवद्र्धन गर्न उनिहरुको नेतृत्व तथा सञ्जाल निर्माण र सीप विकास गर्ने उद्देश्यले तालमिको आयोजना गरेको डेक नेपालकाकार्यक्रम संयोजक एवं प्रशिक्षक जनक कार्कीले बताए ।तालिमको पहिलो दिन लैगिंक उत्तरदायी र सामाजिक परिचालन विषयमा प्रशिक्षण दिइएको थियो ।

चेपाङ समुदायका महिला हरुको जीवनस्तर उकास्न जनजीविका संग गाँसिएको बिषयमा छलफल गर्ने,गरिबी र वञ्चितिमा परेकाहरूलाई एकजुट वा संगठित बनाउने, कुसंस्कार, कुप्रथालाई तोडी जीवन र समय सुहाउँदो रुपान्तरण ल्याउन जनचेतना फैलाउन लैगिंक उत्तरदायी भुमिकावारे प्रशिक्षण गरिएको थियो । चेपाङ महिला तालिममा लैङ्गिक भुमिकावारे बताउदै महिलाहरुले बालबच्चा स्याहार गर्ने र पैसा नआउने घरायसीकामहरू प्रजजन भूमिका मात्र भएकोले आर्थिक रुपमा पछाडी परेको , पुरुषहरुको सामाजिक राजनैतिक र उत्पादनशिल भुमिका भएकोले हरेक क्षेत्रमा अगाडी रहेकोले महिला र पुरुषको भुमिकामा परिवर्तन ल्याउनु पर्नेवारे बताईएको थियो ।

तालिममा समता र समानता केहो भन्ने वारे प्रशिक्षण दिइएको थियो । तालिमको दिश्रो दिन सामाजिक जवाफदेहिता र विधि, योजना निमार्ण प्रकृया, पैरवीवारे प्रशिक्षण दिइएको थियो । स्थानिय तह गाँउपालिका / नगरपालिका तथा वडाहरुले आयोजना गरेको कार्यक्रममा पिछडीएका चेपाङ महिलाहरुको सहभागीता सुनिश्चित गर्ने, चेपाङ महिलाको क्षमताअभिवृद्धि गर्ने, योजना निर्माण तथा निर्णय प्रकृयामा चेपाङ महिलाहरुको अर्थपूर्ण सहभागीता अभिवृद्धि गर्न, नागरिक समाजको अगुवाईमा लैङ्गिक मैत्री बजेट सोधखोज सामुदायीक अंकपत्र अभ्यास प्रतिवेदनतथा सार्वजनिक सुनुवाई संचालनगर्ने,नागरिक समाज संस्थाहरु, स्थानीय सरकारका कर्मचारी तथा निर्वाचित पदाधिकारीहरु लैङ्गिकमैत्री स्थानीय सुशासन तथा जवाफदेहिता प्रवद्र्धनका लागि नीतिगत पैरवी गर्ने बारे बताईएको थियो । विभिन्न विषयहरुमा ५ वडा स्तरीय छलफल कार्यक्रमहरु सञ्चालन गरिने छ ।

यसका अलावा मञ्चमा अवद्ध चेपाङ महिलाको नेतृत्व क्षमताको विकास हुनुका साथै चेपाङ महिलाका आर्थिक, राजनैतिक, सामाजिक,शैक्षिक मुद्दाहरुलाइ उठान गरि सम्बधितनिकायहरु समक्ष लैजान सक्षम हुने कार्यक्रम संयोजक कार्कीले बताए । कार्यक्रममा वडाअध्यक्ष वडा सचिव , शिक्षकहरु निर्वाचित वडा सदस्य, महिला स्वास्थ्य स्वंयम सेविकाहरुले मन्तव्य राख्दै यसप्रकारको तालिमले चेपाङ महिलाहरुलाई आर्थिक,राजनैतिक, सामाजिक,शैक्षिक रुपमा सक्षम वनाउने बताउनु भयो । कार्यक्रमको सयूक्त राष्ट्र संघका प्रतिनिधिहरु सिम्रिका शर्मा, प्रेम अवस्ती र ओडा मिस्जे हउग् र का साथै डेक नेपालका संस्थापक सदस्य नरेन्द्र जोशी र नेपाल चेपाङ संघका प्रतिनिधिहरुले अवलोकन अनुगमन गरेका थिए । कार्यक्रममासयूक्त राष्ट्र संघका प्रतिनिधिहरुले अतिसिमान्तकृत चेपाङ समुदायका महिलाकाहरुको क्षमताअभिवृद्धि र नेतृत्वविकासमा यस कार्यक्रमले सहयोग गर्ने बताउदै उनिहरुको आर्थिक समृद्धिका लागीआगामिदनिमा सम्भव भए सम्म सहयोग गर्ने बताएका थिए । चेपाङ अगुवाहरुले वालवालिकाहरुको बिद्यालय जाने क्रम भर्ना गरे अनुपातमा ३० देखी ४० प्रतिसतले कम भएको हुनाले चेपाङ महिला पैरवी मञ्चले वालवालिकाहरुलाई विद्यालय पठाउन जनचेतना जगाउने, जाँड रक्सी वीरुद्ध अभियान चलाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार