काठमान्डू : भारत र न्यूजिल्याण्ड टी-२० सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम म्याच खेल्दैछ । यी दुई टोलीबीचको तेस्रो खेल साँझ ७ः४५ बजेदेखि कोलकातामा सुरु हुनेछ ।

सिरिजमा भारतले २-० को अग्रता बनाएको छ । आज भारतको लक्ष्य क्लिन स्विपमा हुनेछ । सिरिजको पहिलो र दोस्रो खेलमा भारत क्रमशः ५ र ६ विकेटले विजयी भएको थियो ।

सिरिजको तेस्रो खेलमा भारतले प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गर्न सक्छ । उसले सूर्यकुमार यादव र भुवनेश्वर कुमारको स्थानमा ऋतुराज गायकवाड र आवेश खानलाई मौका दिन सक्छ ।

जारी सिरिजमा यी दुवै खेलाडीले प्लेइङ-११ मा मौका पाएका छैनन् । न्यूजिल्याण्डले भने अन्तिम खेलमा पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार