चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदालतको समस्या अदालत भित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन् । भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्याक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आदालतको समस्या अदालत भित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका हुन् ।

अदालतको गरिमा र स्वतन्त्रतालाई अक्षुण राख्नेगरि छिटोभन्दा छिटो समस्या समाधान होस् भन्ने गठबन्धनको चाहना रहेको भन्दै उनले केही दिन भित्रैमा समाधान हुने आशा गर्दै वक्तव्य जारी गरिएका कारण नेताले बोलेनन् भन्न नमिल्ने बताए ।

उनले राजनीतिक दलहरूले अदालतमाथि कुनै खालको दबाब वा हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना व्यक्त भएको छ, हामीले आवश्यक चिन्ता पनि व्यक्त गरेका छौं, समाधानको अपिल पनि गरेका छौं’, उनले भने।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार