चितवन, ४ मंसिर । चितवन अटो मोबाइल्स एशोसिएसनको २०औँ साधारण सभा एवं ११औँ अधिवेशनले कृष्ण भण्डारीको अध्यक्षतामा १६ सदस्यीय नयां कार्य समिति निर्विरोध चयन गरेको छ ।

शनिबार भएको एशोसिएसनको साधारणसभाबाट प्रथम उपाध्यक्षमा कुलबहादुर क्षेत्री, द्वितीय उपाध्यक्ष राजेन्द्र भट्टराई, तृतीय उपाध्यक्ष क्षेत्रगत देवीप्रसाद बराल, सचिव भीमप्रसाद सुवेदी, कोषाध्यक्ष जितबहादुर सेढाई, सहसचिव पुरुषोत्तम पौडेल, सहकोषाध्यक्ष रामशरण भट्टराई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अविनाश श्रेष्ठ, विकासचन्द्र घिमिरे, राजाराम सापकोटा, मुक्तलाल शर्मा सुवेदी, सुमन भुषाल, प्रशान्त पौडेल, चिरन्जीवि अर्याल र बाचस कट्टेल चयन भएका छन् ।

एशोसियसनको २०औँ साधारण सभा एवं ११ औँ अधिवेशनका प्रमुख अतिथि अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल्स क्षेत्रले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारको कुल राजश्वको २५ प्रतिशत अर्थात् २ खर्ब ५० अर्ब राजश्व बुझाएको बताए ।

उनले सरकारलाई सबैभन्दा धेरै राजश्व बुझाउने अटोमोबाइल क्षेत्र भएको बताए । राज्यलाई धेरै राजश्व बुझाउने र अधिकतम रोजगारी दिने क्षेत्रको रुपमा अटोमोबाइल्स क्षेत्र भएको अध्यक्ष दुलालको भनाइ छ ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिवराज गीरी, गिनिज बुक वल्र्ड रेकर्डर विकर्ण कुमार श्रेष्ठ, एशोसिएसनका उत्कृष्ट संयोजक, समिति तथा उपसमिति सदस्य, कार्य समिति, सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट प्रेसिडेन्टियल अवार्डबाट चितवन अटोमोबाइल्स एशोसियसनका सचिव राजेन्द्र भट्टराई सम्मानित भएका छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार