चितवन ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय मात्र बन्ने बताएका छन् । भरतपुर विमानस्थलमा समाजबादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

नेता अध्यक्ष नेपालले आफ्ना बारेमा टिप्पणी गरेर एमालेले आफ्नो चरित्रलाई आफै उजागर गर्ने काम भएको बताए । आफूहरुलार्ई महाधिवेशनमा कसैको पाहुना बन्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हामी आफ्नै काम र धुनमा व्यस्त छौं ।’

अहिले आफूहरुको एजेण्डा पार्टी बनाउनेतर्फ रहेको उनले बताए । उनले भने, ‘नेकपा एसको नाम सुन्ने बित्तिकै धेरै मान्छे डराउन तथा पसिना बगाउन थालेका छन् । किनकी सारा जनता र पार्टीको ध्यान यो पार्टीमा परेको छ । यो पार्टीको विकास देखेर धेरैमा इर्ष्या पलाएको छ ।’

उनले नेकपा एसले अबको निर्वाचनमा सबैतिर जित्ने पनि दाबी गरेका छन् । न्यायालयको विवादका बारेमा बोल्दै नेपालले यस विषयमा प्रधानमन्त्री र राजनैतिक दलले पनि एउटा निष्कर्ष निकाल्नुपर्ने बताए । समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष टीकादत्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव रामु आचार्यले सञ्चालन गरेका थिए ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार