काठमाडौं ।

यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपमा यसपालि सर्वाधिक रन पाकिस्तानी टिमका कप्तान बाबर आजमले बनाएका छन् । उनले ६ खेलमा ४ अर्धशतकसहित ३०३ रन बनाउन सफल भए । त्यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः डेविड वार्नर (२८९), मोहम्मद रिजवान (२८१), जोस बटलर (२६९) र चरिथा अशलंका रहे । वार्नर र रिजवानले यो पटक तीन/तीन अर्धशतक बनाए ।

त्यस्तै, सर्वाधिक रन बनाउने मामलामा छैटौँदेखि दशौँ स्थानसम्म क्रमशः डेविड भिसे (२२७), पथुम निशंका (२२१), केन विलियम्सन (२१६), मार्टिन गुप्टिल (२१८) र डारियल मिचेल (२०८ रन) रहे । विश्वकप २०२१ मा बटलरले मात्र शतक बनाउन सके ।

बलिङतर्फ सर्वाधिक विकेट लिने सूचीमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा रहे । उनले ८ खेलमा ५.२० को इकोनमीमा सर्वाधिक १६ विकेट लिए । त्यस्तै, दोस्रो स्थानमा अष्ट्रेलियाका एडम जम्पा रहे । उनले ६ खेलमा १३ विकेट लिए । यो सूचीको तेस्रो, चौथो र पाँचौ नम्बरमा क्रमशः ट्रेन्ट बोल्ट (१३), शाकिवअल हसन (११) र जोश हेजलउड (११ विकेट) रहे ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार