चितवनमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरमा २ र कालीका नगरपालिकामा १ जना गरी थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यससँगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या २२६ रहेको छ । चितवनमा हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ८१२ पुगेको छ । २६ हजार १५७ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालमा हाल १० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार