रत्ननगर, २५ कार्तिक । रत्ननगर १० मा रहेको हंस मनोरंजन केन्द्र नया व्यवस्थापनका साथ संचालन हुने भएको छ । भोलि अर्थात कार्तिक २६ गते विविध सांगीतिक कार्यक्रम गर्दै केन्द्रको शुभारम्भ गरिने संचालक दिपेन्द्र पोखरेलले जानकारी दिए । शुभारम्भका अवसरमा नेपाल आईडल तेश्रो सिजनका चर्चित गायक किरण कुमार भुजेलको विशेष प्रस्तुतिका साथ स्थानिय द नोटेसन व्याण्डको कन्सर्ट रहने साथै उपस्थित सम्पूर्णलाई निशुल्क भेज स्न्याक्स उपलव्ध गराइने समेत पोखरेल बताउछन ।

हंस मनोरंजन केन्द्रमा भोलि खानाका परिकारहरुमा गाला डिनर, मल्टि स्न्याक्स, बार एण्ड व्रज साथै पेय पदार्थहरु र सम्पूर्ण आईटममा २० प्रतिसत छुटको अफर समेत राखिएको छ ।

शुभारम्भ कार्यक्रममा फ्री टिकटको व्यवस्था गरिने र त्यो टिकटहरुलाई लक्की ड्र गरि १ जनालाई विजेता घोषित गरिने छ, सो विजेताले १ जोडीको लागी बन्दीपुर घुम्ने र खाने बस्ने सुविधा समेत निशुल्क प्राप्त गर्नेछन ।

यो केन्द्रमा आगामी दिनहरुमा साप्ताहिक रुपमा हरेक शुक्रवार सांगीतिक साँझ आयोजना हुनेछ , सांगीतिक साँझमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै खानाका विविध परिकारहरु संग रमाउन सकिने छ । हंस मनोरंजन केन्द्रमा हाल ७ वटा स्ट्याण्डर रुम, ३ वटा स्विमिंग पुल रहेका छन् , जाडो महिनालाई लक्षित गरि तातोपानी सहितको स्विमिंग पुल तयार गरि स्थानिय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना केन्द्रले राखेको छ । स्थानिय तथा वाह्य पर्यटकका लागी हात्ती तथा जिप सफारीको समेत केन्द्रले व्यवस्था मिलाएको संचालकको भनाई छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार