चितवन । भरतपुर अस्पतालको ओपिडी सेवा आज देखि बन्द हुने भएको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।

अस्पतालले आज एक सुचना जारी गर्दै तिहारमा कात्तिक १८ देख २१ गते सम्म र छठ पर्व कात्तिक २४ गते सार्वजनिक बिदा भएकाले सोही दिनहरुमा अस्पतालको ओपिडी सेवा बन्द हुने जनाएको हो ।ओपिडी बाहेक अन्य सेवाहरु भने चौबिसै घण्टा सन्चालन हुने छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार