चितवन । यस पालिको तिहारमा चितवनवासीले चौविसै घण्टा देउसीभैलो खेल्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसारणका नाममा अनुरोध गर्दै बुधवार विज्ञप्ती निकाल्दै रातिको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

कसैले पनि कुनै प्रकारका आतिशवाजी,पटका जस्ता विष्फोटक पदार्थहरु विक्रि वितरण नगर्न तथा प्रयोगमा नल्याउन समेत उसले अनुरोध गरेको छ । कानुनले बर्जित गरेका जुवातास, कौडा, सट्टेबाजी लगायतका जुवाजन्य कुनैपनि खेलहरु नखेलाउन र नखेल्न समेत अनुरोध गरेको छ ।

कुनैपनि कार्यक्रम गर्दा वा चाडपर्व मनाउँदा भड्कीलो तथा उत्तेजित नगर्न र कोभिड १९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार