रत्ननगर । पछिल्लो समय नेकपा एकीकृत समाजवादीले वडा तथा नगरमा आफ्नो पार्टीको कार्यालय खोल्ने क्रमलाई तीव्रता दिएको छ, यसै क्रममा रत्ननगर नगरपालिका वडा नं १५ मा सो पार्टीले कार्यालय उद्घाटन गरेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो कार्यालय उद्घाटन गरेका हुन् । सो अबसरमा उनले आगामी तीनै तहको निर्वाचनमा समाजबादीले सम्मानजनक जित हासिल गर्ने बताए ।

उनले अन्यदल संग चुनावी तालमेल नभए पनि समाजबादीको सम्मानजनक जित हुने स्पष्ट पारे । एमालेका नेता तथा कार्यकर्ताहरुले समाजबादीले एक ठाउँमा पनि जित्दैन भनेर हल्ला गरिरहेका छन् उनले भने चुनाब आएपछि हाम्रो अबस्था देखिन्छ । वडा कमिटी अध्यक्ष मदन भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवाल सदस्य तथा सो वडाका वडाध्यक्ष हुमनाथ लामिछाने,जिल्ला सदस्य तथा वडा इन्चार्ज विष्णु अर्याल,जिल्ला सदस्यहरु विष्णु लम्साल, दिनेशकुमार घलान लगाउतले मन्तव्य राखेका थिए ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार