चितवन, कार्तिक २४ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ।

प्रेस चौतारी चितवनको बसेको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भई निधन भएका प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिलाई चीरस्थायी बनाउन संस्थागत रुपमा ‘स्व.द्वारिका नेपाल स्मृति पुरस्कार’ स्थापना गरेको छ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकार तथा योगदान दिने व्यक्तिहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिए। पुरस्कारको राशी हाललाई रु ११ हजार १ सय ११ राखिएको छ। अध्यक्ष पण्डितका अनुसार यसलाई पछि कार्यविधी बनाएर बढाउँदै लैजाने योजना छ। बैठकले द्वारिका नेपालको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार