भरतपुर : चितवनमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरमा ३५ जना, खैरहनी र रत्ननगरमा एक/एक जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यससँगै चितवनमा सक्रिय संक्रमित ३०४ मा पुगेको छ ।

यस्तै, चितवनमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, जिल्लामा १७ जना अस्पताल आइसोलेसनमा छन् भने २८७ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार चितवन र विभिन्न जिल्लाका गरि ३० संक्रमित उपचाररत छन् । भेन्टिलेटर जडित तीनसहित १२ संक्रमित आइसियूमा र १८ संक्रमित एचडियूमा छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार