कार्तिक ११,
हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीले सपथ लिएका छन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार