रत्ननगर । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । नगर कमिटीको प्रथम नगर अधिवेशनले अर्यालको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको हो ।

७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा पुष्पराज जोशी,सचिवमा शिवराज सुवेदी र सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन भएका छन् । पार्टीका जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य कपिल पोखरेलको नेतृत्वमा बनेको निर्वाचन सहजीकरण कार्यदलले नगर कमिटीको पदाधिकारी तथा सदस्य पदका आकाँक्षीहरुसंग छलफल र सहमति गरी सर्बसम्मत कमिटी चयन गरेको नगर इन्चार्ज यादब पाठकले जानकारी दिए ।

नबनिर्वाचित कमिटीको सपथग्रहण बिहीबार विहान हुने छ । एमालेले मंगलबार अधिवेशन गरेका पाँच पालिका मध्ये रत्ननगर,खैरहनी र इच्छाकामना गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको छ । राप्ती र कालिकामा सर्ब सम्मत नेतृत्व चयनको लागि प्रयास भइरहेको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार