चितवन : चितवनमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरमा २७ जना, रत्ननगर नगरपालिकामा ३ जना, खैरहनीमा २ जना र कालिका नगरपालिकामा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४६ मा रहेको छ ।

हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ५१२ पुगेको छ भने २५ हजार ८४० जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार