काठमाडौ‌ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९७२ जनाको पीसीआर परीक्षणमा ४३८ र १ हजार ९५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८१७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार