काठमाण्डौ,कार्तिक ३
पछिल्लो २४ घण्टामा नेपालमा आज थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७५८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ८ लाख ७ हजार ५२ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १५५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार