चितवन । चितवन जिल्लामा दशैंको समयमा भएका दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा ९ जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादक पदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनि थप्छन । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई दिएको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार