काठमाडौं। बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ। बढाएको भाडादर आजदेखि लागू भएको छ। यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो। उक्त भाडादर आजदेखि लागू भएको हो।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा २३ प्रतिशतका दरले भाडा वृद्धि गरेको थियो। तर काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाइएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ तिर्नुपर्नेछ। यो भाडादर ५ किलोमिटरसम्ममा लागू हुनेछ र त्यसमाथि जति बढी किलोमिटर हुँदै जान्छ उति नै भाडा पनि बढी लाग्छ।

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्युनतम भाडा रु १८ तिर्नुपर्नेछ भने १० किलोमिटरसम्मको यात्रामा २३ रुपैयाँ लाग्नेछ। यसैगरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार