काठमाडौं । यूएईमा जारी १४ औँ सिजनको आईपीएलको फाइनल आज हुँदैछ। जहाँ चेन्नयी सुपर किंग्स (सीएसके) र केकेआर खेल्नेछन्।

यी दुई टिमबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ। केकेआर तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा मैदानमा उत्रिनेछ। चेन्नई भने चौथो पटक आईपीएलको उपाधि जित्ने सोचमा छ। दुवै टिम सन्तुलित देखिन्छन्।

दुई टोलीबीच एक प्रमुख अन्तर महेन्द्रसिंह धोनीको कप्तानी हो। उनको अनुभव पक्कै यस खेलमा चेन्नयी टिमका लागि उपयोगी हुनेछ। केकेआरमा पनि विश्वकप विजेता कप्तान इयोन मोर्गन छन्।

चेन्नयीको सम्भावित प्लेइङ–११ : रुतुराज गायकवाड, फाफ डुप्लेसिस, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायडू, एमएस धोनी (कप्तान/विकेटकिपर), रविन्द्र जडेजा, ड्वेन ब्रावो, शार्दुल ठाकुर, दीपक चाहर र जोश हेजलवुड।

केकेआरको सम्भावित प्लेइङ–११ : शुभमन गिल, वेन्कटेश अय्यर, नीतीश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकिपर), शकिब अल हसन, सुनील नारायण, लकी फर्ग्युसन, शिवम मावी र वरुण चक्रवर्ती।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार