रत्ननगर,असोज २६
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताएका छन् । मंलबार नेपाली कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले पार्टिमा गुट उपगुट समाप्त गर्नको लागि सभापति पदको लागि लड्दैछु भन्दै उम्मेद्धारीबाट पछि नहट्ने बताएका हुन् ।

‘वर्तमान सभापति शेरबहादुर देउवाको विषयमा कुरा गर्न चाहन्न,वहाँ पनि आफ्नै गुटको मान्छे खोज्नुहुदो रहेछ’ उनले भने वहाँ सबैको सभापति हो भन्दै पार्टिमा गुट उपगुट अन्त्य हुनुपर्ने बताए । कोइरालाले चुनावबाट सभापति जितेर आइसकेपछि पार्टीको वर्चस्व सभापतिको हातमा हुनुपर्ने भन्दै अहिलेको विधानमा त्यो नभएकोले विधान परिवर्तन गर्नुपर्ने धारणा ब्यक्त गरे ।

पार्टिको महामन्त्री भएर पार्टीलाई नजिकबाट नियालेको छु भन्दै कोईरालाले वर्तमान सभापति देउवाले पार्टिमा गुट उपगुट कायम राखेको आरोप लगाउदै त्योे अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय