कास्की : घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा दुर्घटनामा परेको हो।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। प्रहरीका अनुसार जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय