रत्ननगर,असोज २३
रत्ननगर नगरपालिकाले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हात पारेको छ । विजया दशमीको अवसर पारेर टिकौली चौरमा आयोजना गरिएको जनप्रतिनिधि र कर्मचारीहरु बीचको मैत्रीपूर्ण खेलमा २–७ गोल अन्तरले कर्मचारीले टिम विजयी भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर नारायण वनले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध प्रगाढ बनाएर नगरको विकासमा एकीकृत हुने उद्देश्यका साथ मैत्रीपूर्ण फुटवल आयोजना गरिएको बताए । उपमेयर बिमला दुवाडीले कर्मचारीहरुको अभिभावक जनप्रतिनिधि रहेकाले कर्मचारीहरुको जितमा जनप्रतिनिधिहरु उत्साहित रहेको बताइन ।

जनप्रतिनिधिको टिमबाट मेयर वन र कर्मचारीहरुको टिमबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नेतृत्व गरेका थिए । सोही अवसरमा कर्मचारी र जनप्रतिनिधिहरुको बीचमा म्युजिकल चियर र डोरी तान्ने प्रतियोगिता समेत गरिएको नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय