रत्ननगर,असोज २२
चितवनको पर्यटकीय नगरी सौराहामा ३५ फिट उचाईको अग्लो राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा राखेको हो।
शुक्रवार मेयर नारायण वनले झण्डाउत्तोलन गर्दै कोरोनापछि गतिलिन थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक आर्कषित गर्ने बताए । हामीले निकुञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउदा नेपालको सान झल्कने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रबाह गर्ने बताए । वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए । सौराहामा पर्यटक आर्कषित गर्ने थुप्रै चिज छन उनले भने अब नेपालको झण्डा थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय